सोमबार, भदौ १५, २०८३

भूकम्पीय जोखिमप्रति सतर्क रहन गाउँपालिकाको आग्रह



{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले पछिल्लो समयविभिन्न स्थानमा पटक–पटक भूकम्पका धक्का महसुस भइरहेका बेला नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले एक सार्वजनिक सन्देश जारी गर्दै भूकम्प कहिले, कहाँ र कति शक्तिशाली हुन्छ भन्ने कुरा हालको विज्ञानले निश्चित रूपमा पूर्वानुमान गर्न नसक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सावधानी अपनाउन अनुरोध गर्नुभएको हो ।

उहाँले नागरिकलाई अनावश्यक हल्ला तथा अफवाहमा विश्वास नगर्न, भूकम्पको समयमा ‘ड्रप, कभर एण्ड होल्ड’ अर्थात् घोप्टिनु, छोपिनु र समातेर बस्ने अभ्यास गर्न आग्रह गर्नुभएको छ । साथै घर तथा भवनको सुरक्षा अवस्था जाँच गरी जोखिम भए आवश्यक सावधानी अपनाउन र औषधि, खानेपानी, टर्च, रेडियो तथा आवश्यक कागजातसहितको आपतकालीन झोला तयारी अवस्थामा राख्न पनि अनुरोध गर्नुभएको छ ।
अध्यक्ष घर्तीले स्थानीय सरकार तथा सम्बन्धित निकायबाट जारी आधिकारिक सूचना मात्र विश्वास गर्न र परिवारका सदस्य, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
सचेतना, तयारी र संयम नै भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको गाउँपालिकाको भनाइ छ ।।

प्रकाशित मिति : १९ साउन २०८३ , मंगलबार
प्रतिक्रिया