शनिबार, असार १३, २०८३

असिनाले क्षति पुर्‍याएको सिस्ने-२ का ६५ घरधुरीलाई राहत



रुकुमपूर्व सिस्ने गाउँपालिका-२ वडाले गत वैशाख १२ गते आएको असिनापानीले गहुँ, जौँमा क्षति पुर्‍याएको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । आज शनिबार वडाले वडाका ६५ घरपरिवारलाई राहत वितरण गरेको हो ।

प्रति घरपरिवारलाई २५ किलोग्रामको १ बोरा चामल, १ किलोग्राम दाल, २ लिटर तेल र १ किलोग्राम चिनी राहत दिइएको सिस्ने-२ वडाका प्रशासन सहायक खड्क खड्काले जानकारी दिनुभयो । असिनापानीले हिउँदेबालीमा क्षति पुर्‍याएपछि वडाले प्रहरी मुचुल्का अनुसार राहतको लागि गाउँपालिकालाई सिफारिस गरिएको थियो । उक्त सिफारिस अनुसार गाउँपालिकाले राहतको लागि वडामा खाद्यान्न पठाएपछि वडाले राहत वितरण गरेको खड्काले जानकारी दिनुभयो ।

गत वैशाखमा पटकपटकको असिनापानीले जिल्लामा अन्नबालीलाई ठूलो क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : १३ असार २०८३ , शनिबार
प्रतिक्रिया