रुकुमपूर्वमा नागरिकको स्वास्थ्य पहुँच वृद्धिका लागि जिल्ला स्थित मिडियासँग अन्तरक्रिया गरिएको छ । शुक्रबार सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको बिएलबी होटेलमा नागरिकको स्वास्थ्य पहुँच वृद्धिका लागि जिल्ला स्थित मिडियासँग अन्तरक्रिया गरिएको हो । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजनाको सहयोग र स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा जिल्ला स्थित मिडियासँग नागरिकको स्वास्थ्य पहुँच वृद्धिका लागि मिडिया सचेतना एवम् अन्तरक्रिया कार्यशाला कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयवस्तुको प्रस्तुतिकरण स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख निमप्रसाद गिरी, स्वास्थ्य कार्यालयकै जनस्वास्थ्य अधिकृत अनुप पौडेल र मिक नेपालद्वारा सञ्चालित सम्बोधन परियोजनाका प्राविधिक अधिकृत मदन शर्माले गर्नुभएको थियो ।
संघसंस्थाले समाजमा सचेतनाका कार्यक्रम प्रभावकारी रुपले गर्दै आएको कार्यक्रमका प्रमुख अतिथि एमव् जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले बताउनुभयो । सरकारले नीति निर्माण र ठूलो योजनामा लगानी गर्दै आएको उहाँले बताउनुभयो । भने नागरिक जागरण, नागरिक सचेतना जस्ता कार्यक्रममा सरकारलाई संघसंस्थाले सहयोग गर्दै आएको उपप्रमुख केसीले बताउनुभयो । सरकारी र गैरसरकारी कार्यालयले गरेका राम्रो काम र काम गर्दा भएका गल्ती कमजोरीलाई जस्ताकै त्यस्तै जनता माझ मिडियाले पु¥याउने गरिराखेको केसीले बताउनुभयो । मिडियाको माध्यमबाट आम जनताका कहाँ खबर पुग्ने हुँदा मिडियाले राम्रो कामको उजागर र नराम्रा काम प्रति खबरदारी गरिराख्नु पर्ने उपप्रमुख केसीले बताउनुभयो ।
यसैगरी स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निमप्रसाद गिरीले स्वास्थ्य सम्बन्धी जनचेतना व्यापक प्रचारप्रसार गर्न अति आवश्यक रहेको बताउनुभयो । यस जिल्लाका विकट गाउँमा अझै पनि स्वास्थ्य सचेतना कार्यक्रम गरिराख्नु पर्ने देखिराखेको गिरीले बताउनुभयो । जिल्लामा बालविवाह भइराखेकोले यसलाई रोक्न कुनै एक कार्यालय वा संस्था मात्र लागेर नपुग्ने बताउनु हुँदै गिरीले आम निकायले ध्यान दिएर बालविवाह रोक्नमा लाग्नु पर्ने जरुरी बताउनुभयो ।
सरकारले निर्माण गरेका नीति, कार्यक्रमलाई नै संस्थाले सहयोग गर्ने गरेको कार्यक्रमका अध्यक्ष एमव् मिक नेपालका सचिव जयमान बुढामगरले बताउनुभयो । जिल्ला स्थित सरोकारवाला निकायको सल्लाह, सुझाव अनुसार संस्थाले आफ्नो कार्यक्रम गरिराखेको सचिव बुढामगरले बताउनुभयो । जिल्लामा भइरहेको बालविवाह रोक्न र सरसफाई कार्यक्रम बढी केन्द्रीत भएर काम गर्नु पर्ने आवश्यक रहेको बुढामगरको भनाइ छ ।
सरकार र संस्थाले गरेका कामबारे मिडिया मार्फत नागरिक माझ खबर व्यापक रुपमा पु¥याइराखेको पत्रकार महासंघका जिल्ला अध्यक्ष वशन्त बाँठा मगरले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा उठेका विषयवस्तु केन्द्रीत सामग्री तयार गरी मिडिया मार्फत प्रकाशन तथा प्रसारण गरिराखेको अध्यक्ष बाँठामगरले बताउनुभयो ।
मिक नेपालका सचिव जयमान बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको रहेको थियो । विशेष अतिथिमा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख निमप्रसाद गिरीको रहेकोमा अन्य अतिथिमा नेपाल पत्रकार महासंघका अध्यक्ष वशन्त बाँठामगर, फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की लगायत जिल्ला स्थित मिडियाका पत्रकारहरुको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगरले गर्नु भएको थियो ।









