बुधबार, वैशाख २, २०८३

एमाले रुकुमपूर्वले रुकुमकोटमा जनसभा गर्दै



रुकुमपूर्व सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा नेकपा एमाले रुकुमपूर्वले जनप्रदर्शन तथा जनसभा गर्दै छ । आज शनिबार एमाले रुकुमपूर्वले जिल्ला स्तरीय जनप्रदर्शन तथा जनसभा कार्यक्रम गर्न लागेको हो ।

जिल्लाका तीन वटै पालिकाबाट एमालेको जनसभामा सहभागी हुनका लागि रुकुमकोट आउने क्रम जारी रहेको नेकपा एमाले रुकुमपूर्वका अध्यक्ष लिलामणि गौतमले जानकारी दिनुभयो । जनसभाका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । रुकुमकोट बजार ¥याली पछि छिप्रिदहमा कोणसभा गरिने अध्यक्ष गौतमले बताउनुभयो । पार्टीका जिल्ला इञ्चार्ज खेममान खड्का, केन्द्रीय सल्लाहकार सदस्य नन्दलाल शर्मा लगायत जिल्ला स्थित नेताहरुले जनसभालाई सम्बोधन गर्नु हुने बताइएको छ ।

प्रतिगामी षडयन्त्र विरुद्ध रुकुमकोटमा जनप्रदर्शन तथा जनसभा कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ । प्रतिगामी षडयन्त्र विरुद्ध, विघटिन प्रतिनिधिसभा पुनस्र्थापना, भदौ २३ र २४ गते अपराधिक घटनाको निष्पक्ष छानविन र तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाहीको माग सहित जनसभा गर्न लागिएको एमालेले जनाएको छ । नेकपा एमालेले आज देशैभरि जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २९ कात्तिक २०८२ , शनिबार
प्रतिक्रिया