शुक्रबार, असोज ३०, २०८३

चुङुरी बुकीमा आदिवासी जनजाति र मगर संघ रुकुमपूर्वको बैठक



रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–११ र भूमे गाउँपालिका–१ को सिमाना प्रख्यात पर्यटकीय स्थल चुङुरी बुकीमा नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्व र नेपाल मगर संघ रुकुमपूर्वको बैठक बसेको छ । आइतबार चुङुरी बुकीमा नेपाल आदिवासी जनजाति र नेपाल मगर संघ रुकुमपूर्वको बैठक बसेको हो । बैठकले विभिन्न विषयमा छलफल गरी विभिन्न निर्णय गरेको छ । जिल्लाको प्रख्यात पर्यटकीय स्थल चुङुरी बुकीमा बैठक बस्नुको कारण त्यस ठाउँको थप प्रचारप्रसार गर्ने रहेको बताइएको छ ।

हाल चुङुरी बुकी आसपास सिमाना विवाद रहेको विषयमा समाधानका लागि नेपाल आदिवासी जनजाति महासंघले पहल गर्ने निर्णय गरिएको नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वका अध्यक्ष सविना बुढामगरले बताउनुभयो । सिमाना विवादलाई समाधान गर्नका लागि सम्बन्धी जिल्ला समन्वय समिति, पालिका, जिल्ला प्रशासन, राजनीतिक दलसँग समन्वय गरी विवाद समाधान गर्नु पर्ने अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

यसैगरी सिंगो रुकुमपूर्वको पर्यटन विकास गर्न महासंघले सबै पक्षलाई अनुरोध गरिएको बुढामगरको भनाइ रहेको छ । नेपाल आदिवासी जनजाति रुकुमपूर्वको तेस्रो अधिवेशन आउँदो मंसिर महिना भित्र गर्ने निर्णय गरिएको छ । आदिवासी जनजाति महासंघ सांस्कृतिक समूह गठन गर्न गोविन्द पुन मगर, विकास बुढा मगर र निमा पुन मगरलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी नेपाल मगर संघ रुकुमपूर्वले विभिन्न निर्णय गरेको छ । नेपाल मगर संघ प्रदेश सदस्यमा मनोनीतका लागि रुकुमपूर्वबाट तेजेन्द्र बुढामगरलाई सिफासिर गर्ने निर्णय गरिएको नेपाल मगर संघ रुकुमपूर्वका अध्यक्ष लिलबहादुर पुनमगरले जानकारी दिनुभयो । नेपाल मगर संघको यही असोज २४ गते हुन गइहरेको केन्द्रीय वार्षिक साधारण सभाको प्रतिनिधि संघका जिल्ला उपाध्यक्ष साइधन बुढामगरलाई पठाउने निर्णय गरिएको अध्यक्ष पुनमगरले बताउनुभयो ।

प्रकाशित मिति : १९ असोज २०८३ , सोमबार
प्रतिक्रिया