बुधबार, वैशाख २, २०८३

लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी छलफल



रुकुमपूर्व सिस्ने गाउँपालिका रुकुमकोटमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नक्साङ्कलन सम्बन्धी छलफल गरिएको छ । आज बुधबार सिस्ने गाउँपालिकाको सभाहलमा नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजनाको आर्थिक सहयोगमा सिस्ने गाउँपालिकाको आयोजनामा छलफल गरिएको हो ।

छलफल कार्यक्रममा विभिन्न विषयवस्तु सामग्रीको प्रस्तुति फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की र सम्बोधन परियोजनाका संयोजक राजेश रानामगरले गर्नु भएको थियो ।
नागरिकलाई सेवा सुविधा सहज रुपमा प्रदान गर्नमा सरकारलाई संघसंस्थाको पनि ठूलो साथ सहयोग हुँदै आएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । योजना बनाउने काम सरकार हो उक्त योजनालाई कार्यन्वयन गर्न सरकारको बजेट अपुग भएमा त्यसलाई विभिन्न संघसंस्था सहयोग गर्नु पर्ने अध्यक्ष रेग्मीले बताउनुभयो ।

मिक नेपालका सचिव जयमान बुढामगरको अध्यक्षतामा भएको छलफल कार्यक्रमको प्रमुख अतिथिमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको रहेको थियो । विशेष अतिथिमा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेको रहेको थियो । सिस्ने–५ का वडाध्यक्ष विरेन्द्र बस्नेत, वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर मल्ल, गाउँपालिकाका सामाजिक विकास समितिका अध्यक्ष तिर्था पुनमगर, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निमप्रसाद गिरी, गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादव, फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की लगायत गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुको आतिथ्यता रहेकोमा छलफल कार्यक्रमको सञ्चालन सम्बोधन परियोजनाका संयोजक राजेश रानामगर गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ कात्तिक २०८२ , बुधबार
प्रतिक्रिया