रुकुमपूर्वमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । आज शुक्रबार अन्दाजी बिहान साढे ११ बजे सिस्ने गाउँपालिका–४ दादिङका ३९ वर्षीय चन्द्रबहादुर बुढा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।
सोही वडाको ठुलाठाली भिरबाट लडी मृत्यु भएको अवस्थामा बुढा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार बुढा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेपछि सिस्ने–४ वडाध्यक्ष दलराज घर्तीले फोन मार्फत प्रहरीलाई जानकारी गर्नु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २८ कात्तिक २०८२ , शुक्रबार








