बिहीबार, वैशाख १०, २०८३

प्रलोपाका उम्मेदवार पुनद्वारा चुनावी अभियान सुरु



प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुमपूर्वका उम्मेदवार सन्दीप पुनले चुनावी अभियान सुरु गर्नु भएको छ । आज शुक्रबार शहीद दिवसको दिन पारेर प्रलोपाका उम्मेदवार पुनले आफ्नो चुनावी अभियान सुरु गर्नु भएको हो ।

प्रलोपाका उम्मेदवार पुनले आज भूमे गाउँपालिका ९ चुनबाङका विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट गर्नु भएको छ । उम्मेदवार पुनले शहीदका सपना अझै पूरा नभएको बताउनुभयो । शहीदका सपना पूरा गर्ने दाबी गर्नु हुँदै पुनले आफूलाई मत दिन आग्रह गर्नु भएको छ । आफू विजय भएर मतदाताकै माग र आवश्यकता अनुसार काम गर्ने पुनले प्रतिवद्धता जनाउनु भएको छ ।

 

प्रकाशित मिति : १६ माघ २०८२ , शुक्रबार
प्रतिक्रिया