बिहीबार, वैशाख ३, २०८३

प्रचण्ड पर्यटकीय स्थल तकसेरामा



नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) पुथाउत्तरगंगा गाउँपालिकाका १० तकसेरा पुग्नुभएको छ । प्रतिनिधि सभा निर्वाचन रुकुमपूर्वका उम्मेदवार समेत रहनु भएका प्रचण्ड मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा पुग्नु भएको हो ।

संयोजक प्रचण्डलाई तकसेरामा स्थानीयले भव्य स्वागत गरेका छन्। स्वागतमा आएका जनतालाई संक्षिप्त संबोधन गर्नु भएका प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ उर्जा प्राप्त भइरहेको बताउनुभयो। रुकुमबाट समाजवादी मोडल सुरु गर्ने बताउनहुँदै प्रचण्डले रुकुम क्रान्तिको सुरुआत गर्ने र शान्ति यात्राको निर्णय स्थान भएको बताउनु भयो।

संयोजक प्रचण्डले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको बताउनुहुँदै संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने बताउनु भयो । उहाँले यसबाट मगर सभ्यताको संरक्षण हुनुका साथै चौतर्फी विकास पनि हुने बताउनु भयो ।

प्रकाशित मिति : २ फागुन २०८२ , शनिबार
प्रतिक्रिया