नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्व भूमे गाउँपालिका-१ वडा समितिको बैठक बसेको छ । आज शुक्रबार लुगुममा नेकपा भूमे-१ वडा समितिको बैठक बसेको हो ।
बैठकले विभिन्न विषयवस्तुमा छलफल गरी निर्णय गरेको नेकपाका जिल्ला सदस्य मनकाजी पुनमगरले जानकारी दिनुभयो । निर्वाचन नजिकिँदै आएकोले मुख्यगरी निर्वाचन केन्द्रीत रहेर छलफल गरिएको पुनमगरले जानकारी दिनुभयो । निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष रुपले सम्मन्न गर्नका लागि नेताकार्यकर्ताले ध्यान दिनु पर्ने उहाँको भनाइ रहेको छ ।
नेकपाले मात्र देश र जनताका हितमा काम गर्दै आउनुका साथै जिल्लामा ठूलठूला विकासका काम र हाल काम गर्दै आएको र आगामी दिनमा जनताकै हितमा नै काम गर्ने पार्टी नेकपा भएकोले नेकपाका उम्मेदवारलाई अत्यधिक मतले विजय गर्नु पर्ने वडा समितिले जनाएको छ ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठ, जितमान पुन (मार्सल), प्रदेश सदस्य रुपधन कामी लगायत जिल्ला सदस्य, पालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।








