मंगलबार, साउन १२, २०८३

निजामती विधेयकमा लम्बियो छलफल



सहसचिव खुलाबाट आउने संशोधनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लचिलो नभएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवा विधेयक–२०८० माथिको छलफल लम्बिएको छ । पछिल्लो दुई वटा बैठकमा सोसम्बन्धी व्यवस्थामा लामो छलफल भए पनि सहमति भएको छैन ।
सहमति नहुँदा छलफलसमेत अनिश्चित बनेको छ । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति : ७ भदौ २०८२ , शनिबार
प्रतिक्रिया