रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका–८ चारगाउँ स्थित सलापबाट भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छन् । आइतबार साँझ साढे ५ बजेको समयमा प्रहरीले भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको हो ।
पुथाउत्तरगंगा–८ चारगाउँ स्थित सलापको एक गोठमा अवैध भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा २ नाल भरुवा बन्दुक सहित ५ सय ग्राम सोडा र ७२ ग्राम गन्धक सहित ३ जनालाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिनुभयो ।
भरुवा बन्दुक सहित पक्राउ पर्नेमा पुथाउत्तरगंगा–८ सलापका शेरबहादुर थापा, यमप्रसाद पुन र कृष्णबहादुर मल्ल रहेका छन् । आइतबार देखि लागु हुने गरी रुकुमकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बिकले बताउनुभयो ।
प्रकाशित मिति : २९ मंसिर २०८२ , सोमबार








