चोरीसम्बन्धी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा फरार प्रतिवादी बाग्लुङ निसीखोला गाउँपालिका–३ काल्नेचउरका २३ वर्षीय सन्तोष क्षेत्री कँवरलाई रुकुमपूर्व जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार बाग्लुङ जिल्ला अदालतको लगत कसिएका र रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वले गएको जेठ ७ गते चोरी कसूर मुद्दामा दोषी ठहर गरी ८ दिन कैद र २ हजार रुपियाँ जरिवाना फैसला गरेको थियो । जसमा दोषी ठहरपछि चोरी कसुरका प्रतिवादी फरार भएका थिए ।
फरार प्रतिवादीलाई हिजो सोमबार रुकुमपूर्व सिस्ने गाउँपालिका ६ बाट पक्राउ गरिएको प्रवक्ता बिकले बताउनुभयो । कैद सजाय भुक्तानका लागि आज मंगलबार कारागार रुकुम पश्चिम पठाइएको बिकले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २० माघ २०८२ , मंगलबार








