रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित बाहुनठानामा अत्याधुनिक व्यवस्था सहितको “होटेल हिमशिखर एण्ड लज” सञ्चालन गरिएको छ । आज बुधबार बिहान अत्याधुनिक व्यवस्था सहितको “होटेल हिमशिखर एण्ड लज” उद्घाटन गरिएको हो ।
सिस्ने–२ निवासी नरहरि खड्काले कृषि विकास बैंक लिमिटेड नजिककै “होटेल हिमशिखर एण्ड लज” खोल्नु भएको छ । खड्काले आफै अत्याधुनिक घर निर्माण गरी अत्याधुनिक व्यवस्था सहितको होटेल सञ्चालनमा ल्याउनु भएको छ ।
बैठक तथा तालिम सञ्चालनका लागि सभाहल सहित एटेच कोठा, पर्याप्त पार्किङ लगायतको सुधिवा सहित होटेल सञ्चालनमा लिएको खड्काले बताउनुभयो । यसैगरी स्वीट कोठा, डिलक्स कोठा, बाहिरी बनोट, ग्राउण्ड फ्लोर लगायतको आकर्षक सुविधा र व्यवस्था रहेको छ । भने विभिन्न परिकारका खाना र नास्ताका व्यवस्था रहेको र थप ग्राहकको अडर अनुसारका खाना र नास्ताको व्यवस्था गरिने खड्काले बताउनुभयो ।
रुकुमपूर्व एक पर्यटकीय जिल्ला भएकोले रुकुमकोटमा दैनिक मान्छे आउनेको संख्या बढी राखेकोले सुविधायुक्त होटेल सञ्चालनमा ल्याएको खड्काले बताउनुभयो । पर्यटकले आकर्षक सुविधको होटेल खोज्ने भएकाले आफूले सुविधायुक्त होटेल सञ्चालनमा लिएको उहाँको भनाइ रहेको छ ।
होटेल उद्घाटन कार्यक्रममा पूर्व आपूर्ति मन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचिव गणेशमान पुन, प्रमुख जिल्ला अधिकारी सीता परियार, नेपाल प्रहरीका डीएसपी उमाशंकरप्रसाद यादव, सशस्त्रका डीएसपी संगित भट्ट, अनुसन्धानका डीएसपी सुमनकुमार भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक कुमारी बराल गौतम लगायत जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र जिल्ला स्थित उद्योगी र व्यवसायहरुको उपस्थिति रहेको थियो ।









