शुक्रबार, वैशाख ४, २०८३

प्रचण्ड माघ २९ रुकुमपूर्व आउनु हुँदै केके छन् कार्यक्रम ?



नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक, पूर्वप्रधानमन्त्री एवम् नेकपा रुकुमपूर्वका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २९ गते रुकुमपूर्व आउँनु हुने भएको छ । माघ ६ गते उम्मेदवार मनोनयन दर्ता लागि माघ ५ गते रुकुमकोट आउनु भएको नेकपा रुकुमपूर्वका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड विभिन्न कार्यक्रम र जनभेटघाट गरेर माघ ७ गते काठमाण्डाँै फर्किनु भएको थियो । रुकुमपूर्वका विभिन्न ठाँउमा जनभेटघाट र विभिन्न कार्यक्रममा सहभागीका लागि प्रचण्ड माघ २९ गते रुकुमपूर्व आउनु हुने भएको हो । उहाँ माघ २९ देखि फागुन ६ गते एक हप्ताको अवधिमा रुकुमपूर्वका विभिन्न ठाउँमा जाने कार्यक्रम रहेको नेकपा रुकुमपूर्वले जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वका संयोजक कुमारी बराल गौतमका अनुसार प्रचण्ड सुरुमा भूमे गाउँपालिका–१ लुगुममा माघ २९ साँझ ४ बजे जनभेटघाट गर्नु हुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । त्यसपछि माघ २९ गते उहाँको बास भूमे–२ खाबाङबगरमा हुने संयोजक बरालले बताउनुभयो ।

यसैगरी फागुन १ गते बिहान ७ बजे भूमे–७ लाबाङमा जनभेटघाट, सोही दिन बिहान ९ बजे भूमे–६ महतमा जनभेटघाट, दिउँसो १२ बजे भूमे–२ खाबाङ बगरमा नेकपा रुकुमपूर्वद्वारा आयोजित “जनयुद्ध दिवस” कार्यक्रमलाई सम्बोधन, साँझ ५ बजे भूमे–८ कोर्जा सिमखोलामा जनभेटघाट र साँझ ७ बजे भूमे–९ चुनबाङको गैरीगाउँमा पुगेर बास बस्ने कार्यक्रम रहेको बरालले बताउनुभयो ।

फागुन २ गते बिहान ७ बजे भूमे–९ को भेरीडाँडामा रहेको युद्ध संग्रहालयको अवलोकन र जनभेटघाट, त्यसपछि बिहान १० बजे भूमे–९ गैरीगाउँमा जनभेटघाट गर्ने र त्यसपछि त्यहाँबाट जनभेटघाटका लागि पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरा प्रस्थान गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । फागुन २ गते तकसेरामै बास बस्ने बताइएको छ ।

फागुन ३ गते बिहान ७ बजे पुथाउत्तरगंगा–१३ विर्गुममा जनभेटघाट, पुथाउत्तरगंगा–१३ पदमीमा बिहान ८ बजे जनभेटघाट, पुथाउत्तरगंगा–१३ ओख्मामा बिहान ९ बजे जनभेटघाट, पुथाउत्तरगंगा–६ तातोपानी डिम्मुरगैरामा बिहान १० बजे जनभेटघाट, पुथाउत्तरगंगा–६ मयाङमा दिउँसो २ बजे जनभेटघाट, पुथाउत्तरगंगा–५ हुकाममा दिउँसो ३ बजे जनभेटघाट, पुथाउत्तरगंगा–१ मैकोटमा साँझ ४ बजे जनभेटघाट र सोही दिन मैकोटमै बास बस्ने रहेको छ ।

फागुन ४ गते बिहान १० बजे पुथाउत्तरगंगा–१२ फल्नैमा जनभेटघाट, बिहान साढे १० बजे पुथाउत्तरगंगा–१२ गर्खानीमा जनभेटघाट, बिहान ११ बजे पुथाउत्तरगंगा–१२ कोलमा जनभेटघाट, दिउँसो १ बजे पुथाउत्तरगंगा–१२ गोल्खाडामा जनभेटघाट, दिउँसो २ बजे पुथाउत्तरगंगा–१४ राङ्सीमा जनभेटघाट, दिउँसो ३ बजे पुथाउत्तरगंगा–१४ नाखामा जनभेटघाट, साँझ ४ बजे पुथाउत्तरगंगा १४ र ७ को जाङ बगरमा जनभेटघाटपछि बास पुथाउत्तरगंगा–८ चारगाउँ वा सिस्ने गाउँपालिका–२ नायगाडमा हुने संयोजक बरालले बताउनुभयो ।

यसैगरी फागुन ५ गते बिहान ११ बजे सिस्ने–२ नायगाडमा जनसभा कार्यक्रम सकेर सिस्ने–६ छिप्रिदह रुकुमकोटमा बास बस्ने जनाइएको छ ।

फागुन ६ गते बिहान ७ बजे सिस्ने–६ खोपीचारमा जनभेटघाट, बिहान ९ बजे सिस्ने–५ ३१ बाहुनथाना खारा चोकमा जनभेटघाट, बिहान ११ बजे सिस्ने–६ ढकालबारामा जनभेटघाट, दिउँसो १ बजे सिस्ने–४ अमलाचउरमा जनभेटघाट, दिउँसो २ बजे सिस्ने–३ पोखरामा जनभेटघाट, दिउँसो ३ बजे सिस्ने–७ सिस्नेरीमा जनभेटघाट र साँझ ४ बजे सिस्ने–८ धपेमा जनभेटघाट कार्यक्रम गरिने संयोजक बरालले जानकारी दिनुभयो ।

रुकुमपूर्वका उम्मेदवार प्रचण्डले पहिलो चरणको चुनावी कार्यक्रम सकेर फागुन ७ गते रुकुमपूर्वबाट फर्किनु हुने नेकपाका जिल्ला इञ्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो । पार्टीको संयोजक भएको हुनाले संयोजक प्रचण्ड विभिन्न जिल्लाका कार्यक्रममा जानु हुने ओलीले बताउनुभयो । त्यसपछि अर्काे चरणमा प्रचण्ड रुकुमपूर्व आएर जनभेटघाट र मतदाताका माग संकलन गर्न उहाँ पुनः आउनु हुने कार्यक्रम रहेको ओलीले बताउनुभयो ।

प्रकाशित मिति : २७ माघ २०८२ , मंगलबार
प्रतिक्रिया