मंगलबार, जेठ १९, २०८३

रुकुमपूर्वको १७ औँ राष्ट्रपति शिल्डको च्याम्पियन सिस्ने



शिल्डमा सहभागी विद्यार्थीहरु ।

रुकुमपूर्वको १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन सिस्ने गाउँपालिका बनेको छ । गएको शुक्रबार पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरामा सुरु भएको जिल्ला स्तरीय शिल्ड सोमबार सकिएको हो ।

१४ स्वर्ण, ९ रजत र ६ कांस्य गरी जम्मा २९ पदक प्राप्त गरी सिस्ने गाउँपालिका १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको जिल्ला खेलकुद समितिका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी ९ स्वर्ण, १० रजत र १२ कांस्य गरी ३१ प्दक प्राप्त गरी भूमे गाउँपालिका दोस्रो भएकोमा ७ स्वर्ण, ११ रजत र ९ कांस्य गरी २७ पदक प्राप्त गरी पुथाउत्तरगंगा गाउँपालिका तेस्रो भएको थापाले बताउनुभयो ।

यस जिल्लामा तीन गाउँपालिकामा मात्र रहेको छ । गत वर्ष पनि सिस्ने गाउँपालिका नै शिल्ड च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८२ , मंगलबार
प्रतिक्रिया