बिहीबार, वैशाख ३, २०८३

रुकुमपूर्वको १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु



रुकुमपूर्वको १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । हिजो शुक्रबार पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरामा रुकुमपूर्वको १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गरिएको हो । पुथाउत्तरगंगा गाउँपालिकाको व्यवस्थापकमा जिल्ला विकास समितिको आयोजनामा १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिएको हो ।

१७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका तीन वटै गाउँपालिकाबाट छनोट भएका विद्यार्थीहरुको सहभागीता रहेको छ । विभिन्न खेलकुद प्रतियोगितामा तीन गाउँपालिकाका विद्यार्थीले प्रतिस्पर्धा गरिराखेका छन् । शुक्रबार देखि सुरु भएको शिल्ड आइतबार सम्म सञ्चालन हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाको रहेको थियो भने विशेष अतिथिमा लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनमगरको रहेको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी सीता परियार, पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष नरपुरा बुढापुन लगायतको आतिथ्यता रहेकोमा स्वागत मन्तव्य पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले गर्नु भएकोमा कार्यक्रम सञ्चालन गाउँपालिकाका शिक्षा शाखाका प्रमुख रामप्रसाद खड्काले गर्नु भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८२ , शनिबार
प्रतिक्रिया