नेकपा एमालेका विभिन्न पदमा कार्यरत ३ जना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ ।
आज मंगलबार नेकपा एमाले रुकुमपूर्वका जिल्ला सचिवालय सदस्य रविन्द्र ओली र पुथाउत्तरगंगा गाउँ कमिटीका सल्लाहकार सदस्य गोविन्द रामजाली नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको नेकपाका केन्द्रीय सदस्य टोपबहादुर ओलीले जानकारी दिनुभयो । एमाले परित्याग गरी नेकपामा प्रवेश गर्नु भएको छ । उहाँ द्वयलाई नेकपाका केन्द्रीय सदस्य ओलीले नेकपामा स्वागत गर्नु भएको छ ।
यसैगरी एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रुकुम पश्चिम निवासी हाल रुकुमपूर्व भूमे-३ सिमामा बस्दै आउनु भएको पृत्य कामी पनि नेकपामा प्रवेश गर्नु भएको नेकपाका जिल्ला सदस्य चन्द्र रसाइलीले जानकारी दिनुभयो । कामीलाई नेकपाका केन्द्रीय सदस्य दलजित शेर्पाली, रामसुर बुढामगर र सुनिता बुढामगरले स्वागत गर्नु भएको छ ।








