नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वले आज मंगलबार पनि विभिन्न वडा समितिको बैठक बसेको छ ।
भूमे गाउँपालिका–३ वडा समितिको सिमामा, पुथाउत्तरगंगा गाउँपालिका–२ वडा समितिको पेल्मामा र पुथाउत्तरगंगा–९ वडा समितिको खाराबाङमा बैठक बसेको हो ।
भूमे–३ वडा समितिको बैठक वडा समितिका अध्यक्ष ओमप्रकाश बिकको अध्यक्षतामा बसेको बैठकका नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री दलजित शेर्पालीको प्रमुख अतिथि रहेकोमा विशेष अतिथिमा केन्द्रीय सदस्य रामसुर बुढा मगर अन्य अतिथिमा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुनिता बुढा मगर, केन्द्रीय सदस्य कुमारी बराल गौतम, प्रदेश सदस्य बासुदेव गौतम, प्रदेश सल्लाहकार समिति सदस्य लिलाप्रसाद सुनार, जिल्ला सदस्य प्रशुराम बुढा, चन्द्र रसाइली, गाउँ समिति सचिव ओकुमारी राना लगायतको आतिथ्यता रहेको थियो । बैठक सञ्चालन वडा सचिव केशव शाहीले गर्नु भएको थियो ।
पुथाउत्तरगंगा २ वडा समितिको बैठकका प्रमुख अतिथि केन्द्रीय सदस्य जिताराम कामीको रहेको थियो । भने पुथाउत्तरगंगा ९ वडा समितिको बैठकका प्रमुख अतिथिमा केन्द्रीय सदस्य टोपबहादुर ओलीको रहेको थियो ।
भूमे-३ वडा समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्नु हुँदै केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दलजित शेर्पालीले तीन दशक देखि यता देश प्रचण्डको वरिपरि घुमिरहेको बताउनुभयो । र अबको देशको निर्दिष्ट कार्यदिशा पनि प्रचण्डको काधमा रहेको उहाँले बताउनुभयो । खास गरी जेएनजी आन्दोलन अन्तराष्ट्रिय देशहरुबाट परिचालन भएको बताउनुभयो । नत्र एजेण्डाको रुपमा हेर्ने हो भने त जेएनजीको माग प्रचणडले आफ्नो स्थापनाकाल देखि नै उठाउँदै आएको शेर्पालीले बताउनुभयो । देश जलिरहेको बेला देशको हितको लागि जुन पहल र कदमी लिने आड प्रचण्डले मात्र गर्नु भएको उहाँले बताउनुभयो । अहिले अरु दलहरु निर्वाचनमा जाने आड सम्म नगरेकाले अबको संकल्प र देशको भविष्य बनाउने नेपाली कम्युनिस्ट पार्टीको नै रहेको शेर्पालीले बताउनुभयो ।
विशेष अतिथि केन्द्रीय सदस्य रामसुर बुढा मगरले रुकुमपूर्वबाट मात्रै नभएर आम देशवासीले प्रचण्डलाई तथा उहाँको नेतृत्व गरेको पार्टीलाई मतदान गर्नु पर्ने बताउनुभयो । साथै नेतृत्वको रक्षा र विकासको निम्ति पनि आम नागरिकले मतदान गर्नु पर्ने जिकिर बुढामगरले गर्नुभयो । हिजोको जनयुद्धको स्थापना रुकुम, रोल्पाबाट भएकोले समाजवादको सुरुवात पनि रुकुम जिल्लाबाटै हुने उहाँको भनाइ रहेको छ । त्यसकारण प्रचण्डलाई मतदान गर्नु पर्ने बताउनुभयो । आफु संस्थापक गाउँपालिका अध्यक्ष हुँदा विकासको मुल फुटाएको बुढामगरको भनाइ रहेको थियो । यस वडामा सडक कालोपत्रे हुँदै छ यो हुनु रुकुम पूर्वको पहिलो ग्रामीण सडक भएको बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुनिता बुढा मगरले यो व्यवस्थाको निर्माता यो जिल्लाबाट निर्वाचन लड्नु रुकुमेली जनताको लागि महान अवसर रहेको बताउनुभयो । साथै यो परिवर्तनको निर्मातासँघ आफु समानुपातिक उम्मेदवार रहनुमा आफैलाई गौरभाम्बित ठानेको बताउनुभयो । साथै अहिलेको परिस्थितिमा खास नागरिकको अपेक्षा के छ त्यो अनुसारको विकास निर्माणमा जोड दिने र विशेष गरी रुकुमले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर जनताको आधारभूत समस्यालाई लिएर अगाडी बढ्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यसैगरी केन्द्रीय सदस्य कुमारी बराल गौतमले जिल्ला पार्टीको सम्पूर्ण निर्वाचन सम्बन्धी जानकारी साथै भूमे गाउँपालिका ३ जिल्लाकै एउटा महत्वपूर्ण भूमिका खेल्ने वडा रहेको बताउनुभयो । यस वडाको सबै मतदाताहरुले प्रचण्डलाई एक मतका साथ मतदान गर्न अपिल गर्नुभयो । संविधानको रक्षा र व्यवस्था संरक्षणको लागि प्रचण्डलाई जिताउनु पर्ने बरालले बताउनुभयो ।








