नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वको विभिन्न वडाको बैठक बसेको छ । आज सोमबार नेकपाले जिल्लाका विभिन्न वडाको बैठक बसेको हो ।
जसमा पुथाउत्तरगंगा गाउँपालिका–७ को जाङमा, वडा नम्बर १४ को राङ्सी र सिस्ने गाउँपालिका–७ को वडा समितिको बैठक बसेको छ ।
पुथाउत्तरगंगा ७ मा केन्द्रीय सदस्य टोपबहादुर ओलीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । यसैगरी पुथाउत्तरगंगा १४ मा केन्द्रीय सदस्य भीउमान घर्ती मगरको प्रमुख अतिथि र अन्य अतिथिमा जिल्ला सदस्य नरपुरा बुढा पुन लगायतको आतिथ्यतामा बैठक बसेको छ । भने सिस्ने ७ मा केन्द्रीय सदस्य कृष्ण रेग्मीको प्रमुख आतिथ्यतामा बैठक बसेको छ ।
वडा समितिका बैठकले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई अत्यधिक मतले विजय गराउनेमा जोड दिनु पर्ने बताएका छन् । जनताको व्यवस्था गणतन्त्र व्यवस्थालाई थप बलियो बनाउने पार्टी नेकपा मात्र रहेकोले यो कुरा आम जनतालाई बुझाउनु पर्ने बताएका छन् । अरु पार्टीले जनतालाई भ्रम छरिराखेकाले त्यो भ्रम चिर्नु पर्ने वडा समितिहरुले ठहर गरेका छन् । नेकपा रुकुमपूर्वले हाल वडा समितिको बैठक बसालिराखेको छ ।








