नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वले निर्वाचन परिचालन समिति गठन गरेको छ । माघ ७ गते नेकपा रुकुमपूर्वको जिल्ला समितिको बैठकले फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि पार्टीका मुख्य सचिव गणेशमान पुनको नेतृत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको हो ।
मुख्य सचिव पुनको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिमा जिल्ला स्थित केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु, पालिका सदस्यहरु, वडा समितिका पदाधिकारीहरु जनवर्गीय संगठनका पदाधिकारीहरु र विभिन्न जिल्लाका सम्पर्क समन्वय समितिका पदाधिकारीहरु सदस्य राखिएको जिल्ला संयोजक कुमारी बराल गौतमले जानकारी दिनुभयो । यसैगरी निर्वाचन परिचालन समितिको सचिवालय पनि गठन गरिएको छ । सचिवालयमा जिल्लामा कार्यरत केन्द्रीय सदस्यहरु र समानुपातिक उम्मेदवार रहनु भएको संयोजक बरालले बताउनुभयो ।
यसैगरी पालिका र वडा स्तरीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको नेकपाले जनाएको छ । जसमा पुथाउत्तरगंगा गाउँपालिकाको संयोजकमा केन्द्रीय सदस्य भीउमान घर्तीमगर, भूमे गाउँपालिको संयोजकमा केन्द्रीय सदस्य दलजित शेर्पाली र सिस्ने गाउँपालिकाको संयोजकमा केन्द्रीय सदस्य तेजबहादुर ओलीलाई संयोजक तोकिएको छ ।
यसैगरी वडा स्तरीय निर्वाचन परिचालन समितिको पनि संयोजक तोकिएको नेकपा रुकुमपूर्वले जनाएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा प्रदेश सदस्य हर्कबहादुर कामी (जुझारु), भीमकुमारी पुन र सुरुल पुनलाई तोकिएको छ । वडा नम्बर २ मा केन्द्रीय सदस्य जिताराम कामी र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य जगत घर्ती (काजु), वडा नं. ३ मा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुनिता बुढामगर, प्रदेश सदस्य कालिप्रसाद रोका, वडा नं. ४ मा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुनिता बुढामगर यसैगरी वडा नं. ५ मा प्रदेश सदस्य राखिमान घर्ती, जिल्ला सदस्य टिकासाही घती, वडा नं. ६ मा प्रदेश सदस्य निर्माण बुढा, पालिका संयोजक संगम रोका, वडा नं. ७ मा केन्द्रीय सदस्य टोपबहादुर ओली र जिल्ला सदस्य विक्रम पुन, वडा नं. ८ केन्द्रीय सदस्य टोपबहादुर ओली, प्रदेश सदस्य ओमकुमारी शाही, जिल्ला सदस्य महेन्द्र मल्ल, पालिका संयोजक टेकप्रसाद समाललाई जिल्लाबाट तोकिएको नेकपा रुकुमपूर्वले जनाएको छ ।
यसैगरी वडा नं. ९ मा केन्द्रीय सदस्य टोपबहादुर ओली, प्रदेश सदस्य लिला समाल, लजिम ओली र रविन्द्र ओली, वडा नं. १० मा प्रदेश सदस्य पुनिराज घर्ती, दिलकुमारी बुढा, वडा नं. ११ मा प्रदेश सदस्य पुनिराज घर्ती र महेन्द्र बुढा, वडा नं. १२ मा केन्द्रीय सदस्य भीउमान घर्ती, ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गणबहादुर पुन, जिल्ला सदस्य दिलमान पुन, कृष्ण बुढा, वडा नं. १३ मा प्रदेश सदस्य निर्माण बुढा, शान्तबहादुर बुढा, दिपेन्द्र छन्त्याल, जनक छन्त्याल र केशकुमारी तुलाचन र वडा नं. १४ मा केन्द्रीय सदस्य भीउमान घर्ती र नन्दप्रसाद बुढालाई तोकिएको छ ।
भूमे गाउँपालिका वडा नं. १ मा केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठ, प्रदेश सदस्य जयविर घर्ती, जिल्ला सदस्य तारा पुन, वडा नं. २ मा केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठ, प्रदेश सदस्य रक्षा बुढा, कला बुढा, नरबहादुर बुढा, वडा नं. ३ मा केन्द्रीय सदस्य रामसुर बुढामगर, जिल्ला सदस्य लिलाप्रसाद सुनार, दिलमान रोका, वडा नं. ४ मा केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, जिल्ला सदस्य सर्जन बुढा, वडा नं. ५ मा केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, प्रदेश सदस्य लालबहादुर विष्ट, जिल्ला सदस्य टेकप्रसाद बुढा, वडा नं. ६ मा केन्द्रीय सदस्य दलजित शेर्पाली, प्रदेश सदस्य सविना बुढा, देवबहादुर बुढा, गजेन्द्रबहादुर ओली, वडा नं. ७ मा केन्द्रीय सदस्य दलजित शेर्पाली, प्रदेश सदस्य रुपधन कामी, धनिमान रोका, धनिमान बुढा (तारा), वडा नं. ८ मा केन्द्रीय सदस्य जितमान पुन (मार्सल), जिल्ला सदस्य पञ्चबहादुर रोका र वडा नं. ९ मा जितमान पुन (मार्सल), प्रदेश सदस्य मनकुमारी विष्ट, ध्रुवविक्रम ओली, दयालसिंङ पुन, जिल्ला सदस्य राजकुमार विष्ट, अर्जुन बिकलाई तोकिएको छ ।
सिस्ने गाउँपालिका वडा नं. १ मा केन्द्रीय सदस्य कैलाशकुमार मल्ल, पालिका संयोजक मन्सराम खड्का, वडा नं. २ मा प्रदेश सदस्य तिर्था पुन, जीवन केसी, वडा नं. ३ मा केन्द्रीय सदस्य मोहनबहादुर केसी, जिल्ला सदस्य गोपिराम खड्का, रेवन खड्का, वडा नं. ४ मा केन्द्रीय सदस्य सुवोधराज शेर्पाली, जिल्ला सदस्य शान्त बहादुर बुढा, वडा नं. ५ मा जिल्ला संयोजक कुमारी बराल गौतम, प्रदेश सदस्य वासुदेव गौतम, जयबहादुर मल्ल, भन्द्री थापा, वडा नं. ६ मा जिल्ला संयोजक भुवनेश्वर उपाध्याय, दुर्गा गौतम, जयन्ती गौतम, वशन्त शर्मा, सुधन रेग्मी, वडा न. ७ मा प्रदेश सदस्य कृष्ण रेग्मी, जिल्ला सदस्य कर्णबहादुर खत्री र वडा नं. ८ मा केन्द्रीय सदस्य केशव रावल, जिल्ला सदस्य देविलाल पुन, गोवर्धन बुढालाई तोकिएको छ ।
युवा परिचालन उपसमितिमा सुवोधराज शेर्पाली, केशव रावल, मनबहादुर बुढाथोकी, टिकासाही घर्ती, लजिम ओली, नामेन्द्र सुनार, सगरमाथा खत्री, चन्द्र रसाइली, अनिल रोका, सुक्रराज विक, धनिसाइ घर्ती, विकास पुन, प्रकाश कार्की, लक्ष्मण घर्ती, यादव रेउले, विरुमान पुन, गणेश शाह, बबि चन्द, भरत बुढा, जनक विक, तिलक खड्का, विवेक खड्का, दिलप्रसाद रोका, श्याम विक, तिलक रोका, हरि विक, अजय शाही, मुस्कान शाहीलाई नेकपा रुकुमपूर्वले तोकेको छ । भने प्रचारप्रसार उपसमितिमा तेजबहादुर ओली, भीउमान घर्ती, रामसुर बुढामगर, सुनिता बुढामगर, कुमारी बराल गौतम, भुवनेश्वर उपाध्याय, जीवन केसी लगायतलाई तोकिएको छ ।
यसैगगरी प्रतिवद्धता पत्र लेखन उपसमितिमा गणेशमान पुन, सुनिता बुढामगर, उपेन्द्रलाल कामी, तिव्र गौतम, चन्द्रबहादुर मल्ल, जिताराम कामी, वशन्त गौतमलाई तोकिएको छ ।
जिल्लाले वडामा तोकिएका निर्वाचन परिचालन टिमले यही माघ २० गते सम्म सबै वडा समितिको बैठक गरिसक्ने जिल्ला संयोजक बरालले बताउनुभयो । जस अनुसार हाल पालिका स्तरीय बैठक सकेर वडाका बैठक बसिराखेको बरालले जानकारी दिनुभयो । नेकपा रुकुमपूर्वले यस पटक पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)लाई उम्मेदवार बनाएको छ ।








