नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वले आज आइतबार पनि विभिन्न वडाको बैठक बसेको छ । भूमे गाउँपालिका–९ वडा समितिको बैठक चुनबाङको गैरीगाउँमा, सिस्ने गाउँपालिका–५ वडा समितिको बैठक रुकुमकोटमा, सिस्ने–४ वडा समितिको बैठक दादिङमा, पुथाउत्तरगंगा गाउँपालिका–८ वडा समितिको बैठक चारगाउँ स्थित खराङमा र पुथाउत्तरगंगा–१२ वडा समितिको बैठक कोलमा बसेको छ ।
नेपाली कम्युनिस्ट पार्टी सिस्ने–५ वडा समितिको बैठक वडा समितिका उपाध्यक्ष टीका पुन शाहको अध्यक्षतामा बैठक बसेको हो । बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कुमारी बराल गौतमको रहेकोमा अन्य अतिथिमा प्रदेश सदस्य जयबहादुर मल्ल, बासुदेव गौतम, प्रदेश सल्लाहकार सुर्य नेपाली, जिल्ला सदस्य सान्तेबहादुर विक, पालिका सदस्य फनेन्द्र आचार्य लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन वडा समितिका सचिव अविनास सुनारले गर्नुभएको थियो ।
बैठकले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा विजय हासिल गर्ने लक्ष्यसहित चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउने निर्णय गरेको छ । सोही प्रयोजनका लागि प्रदेश सदस्य जयबहादुर मल्लको संयोजकत्वमा ५१ सदस्यीय परिचालन समिति गठन गरिएको छ ।
यसैगरी, बैठकले ३० औँ जनयुद्ध दिवसलाई नेकपाका संयोजक एवम् नेकपा रुकुमपूर्वका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा भव्य रूपमा मनाउने निर्णय पनि गरेको सिस्ने–५ वडा समितिले जनाएको छ ।
भूमे–९ वडा समितिको बैठक केन्द्रीय सदस्य दलजित शेर्पालीको प्रमुख आतिथ्यतामा बैठक बसेको छ । भने अन्य अतिथिमा केन्द्रीय सदस्य जितमान पुन (मार्सल), समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी, प्रदेश सदस्य मनकुमारी बुढा विष्ट, पालिका इञ्चार्ज ध्रुवविक्रम ओली, पालिका समिति अध्यक्ष दिपक पुन, ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य दयालसिंङ पुन, वाइसिएल जिल्ला अध्यक्ष नामेन्द्र सुनार लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी पुथाउत्तरगंगा–८ वडा समितिको बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य मोहनबहादुर केसीको रहेकोमा अन्य अतिथिमा केन्द्रीय सदस्य टोपबहादुर ओली, प्रदेश सदस्य ओमकुमारी शाही मल्ल, पालिका संयोजक टेकप्रसाद समाल लगायतको आतिथ्यता रहेको थियो । बैठकले २७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पुथाउत्तरगंगा–१२ वडा समितिको बैठक जिल्ला इञ्चार्ज भीउमान घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिमा ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य गणबहादुर पुन, जिल्ला सदस्य नरपुरा बुढा पुन, गंगा पुन, सुजन पुन लगायतको आतिथ्यता रहेको थियो ।
सिस्ने–४ वडा समितिको बैठकका प्रमुख अतिथि केन्द्रीय सदस्य सुबोधराज शेर्पालीको रहेकोमा अन्य अतिथिमा प्रदेश सदस्य जीवन केसी, जिल्ला सदस्य रुद्र बिक, वाइसिएल जिल्ला इञ्चार्ज मनबहादुर बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।








