बुधबार, जेठ १३, २०८३

रुकुमपूर्वमा निर्वाचन प्रहरीको तालिम सुरु



रुकुमपूर्वमा निर्वाचन प्रहरीको तालिम सुरु गरिएको छ । निर्वाचन प्रहरी छनोटका लागि सम्पूर्ण परीक्षा सकेपछि परीक्षामा उत्तीर्ण भएका निर्वाचन प्रहरीलाई आज आइतबार देखि तालिम सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको परिसर रुकुमकोटमा आज आइतबार देखि १० दिन सम्म तालिम दिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिनुभयो । नेपाल प्रहरीका लागि ४ सय ९२ र सशस्त्र प्रहरीका लागि ८९ जना गरी जम्मा ५ सय ८१ जना निर्वाचन प्रहरी छनोट गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवको विशेष आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो ।

प्रकाशित मिति : १८ माघ २०८२ , आइतबार
प्रतिक्रिया