नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को विभिन्न वडाको बैठक बसेको छ । आज शनिबार नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वका विभिन्न वडामा बैठक बसेको हो ।
जसमा भूमे गाउँपालिका–२ को खेबाङमा, भूमे–६ को मतहमा, भूमे-८ वडा समितिको बैठक पनि बसेको छ । यसैगरी सिस्ने गाउँपालिका–२ को नायगाडमा, सिस्ने–३ को पोखरामा र सिस्ने–८ को पनि बैठक बसेको छ । यस्तै पुथाउत्तरगंगा गाउँपालिका-५ वडा समितिको बैठक हुकाममा बसेको छ । नेकपाले जिल्ला र तीन वटै पालिका समितिको बैठक सकेको छ । जसमा अहिले जिल्लाका ३१ वटै वडा समितिको बैठक बसिराखेको छ ।
भूमे–२ को वडा समिति बैठकका प्रमुख अतिथि एवम् नेकपाका केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठले विभिन्न शक्ति राष्ट्रले साना राष्ट्रलाई कमजोर बनाउने तर्फ लागिपरिराखेको बताउनुभयो । नेपाललाई पनि शक्ति राष्ट्र निर्माण गर्ने एक मात्र पार्टी नेपाली कम्युनिस्ट पार्टी र नेताका हिसाबले पनि नेकपाकै संयोजक प्रचण्ड मात्र रहेको केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभयो । गणतन्त्र व्यवस्था ल्याउने पार्टी प्रचण्डले नेतृत्व गरिराख्नु भएको नेकपा रहेको उहाँले बताउनुभयो । जनताको व्यवस्था गणतन्त्रलाई थप बलियो बनाउने एक मात्र पार्टी नेकपा रहेको श्रेष्ठले बताउनुभयो । जनयुद्धबाट गणतन्त्र व्यवस्था आएको र गणतन्त्र ल्याउने भूमिका यसै जिल्लावासी रहेको उहाँको भनाइ छ । अब फेरी प्रचण्डले यसै जिल्लाबाट समाजवाद विकासको क्रान्ति गर्ने संकल्प गर्नु भएकोले समाजवाद विकासका लागि प्रचण्डलाई अत्यधिक मत दिनु पर्ने श्रेष्ठले बताउनुभयो ।
नेकपा भूमे–२ का वडाध्यक्ष दिलमान बुढामगरको अध्यक्षता भएको वडाको समिति बैठकका प्रमुख अतिथि केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठको रहेको थियो । अन्य अतिथिमा ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य नरबहादुर बुढा, सर्वजित रोका, जगत बुढा, सतबहादुर बुढा, जिल्ला सदस्य नारायण पुनमगर, वडा पार्टी इञ्चार्ज मदन बुढामगर लगायतको आतिथ्यता रहेकोमा कार्यक्रम सञ्चालन वडा समिति सचिव जगत रोकाले गर्नु भएको थियो ।
यसैगरी भूमे–६ वडा समितिको बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य दलजित शेर्पाली, अन्य अतिथिमा केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, प्रदेश सदस्य सविना बुढामगर लगायतको आतिथ्यता रहेको थियो । भूमे-८ वडा समितिको बैठकका प्रमुख अतिथिमा केन्द्रीय सदस्य जितमान पुन (मार्सल)को रहेको थियो । सिस्ने–२ वडा समिति बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य सुबोधराज शेर्पालीको रहेकोमा अन्य अतिथिमा प्रदेश सदस्य जीवन केसी, जिल्ला सदस्य चन्द्रराज झाँक्रीमगर लगायतको आतिथ्यता रहेको थियो । भने सिस्ने–३ वडा समितिको बैठकमा जिल्ला संयोजक कुमारी बराल गौतम, समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी, केन्द्रीय सदस्य मोहनबहादुर केसी, वाइसिएल अध्यक्ष नामेन्द्र सुनार लगायतको आतिथ्यता रहेको थियो । पुथाउत्तरगंगा गाउँपालिका ५ वडा समितिको बैठकमा प्रमुख अतिथि प्रदेश सदस्य पुनिराज घर्तीमगरको रहेकोमा अन्य अतिथिमा प्रदेश सदस्य कालिप्रसाद रोका, राखिमान घर्ती मगर, जिल्ला सदस्य टिकासाइ घर्ती मगर लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी सिस्ने–३ का वडा समितिका सचिव तथा वाइसीएल नेपाल सिस्ने गाउँपालिका उपाध्यक्ष मदन खड्काको निधन प्रति शोक सभा कार्यक्रम पनि गरिएको छ ।








