नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वले आज शुक्रबार शहीद दिवसको अवसर पारी सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको शहीद पार्कमा दीप प्रज्वलन गर्नुका साथै शहीदका सालिकमा अबिर आवरण र पुष्पगुच्छा चढाएको छ । शहीद दिवसका दिन नेकपा रुकुमपूर्वले शहीद पार्कमा दीप प्रज्वलनका साथै शहीदका सालिकमा अबिर आवरण र पुष्पगुच्छा चढाएको हो ।
जनयुद्ध, निरङ्कुश राणा शासनकाल र विभिन्न जनआन्दोलनका क्रममा देश र जनताका लागि ज्यान बलिदान दिनु हुने सम्पूर्ण शहीदहरुलाई सम्मान गर्दै शहीद दिवसका दिन शहीद पार्कमा दीप प्रज्वलन, शहीदका सालिकमा अबिर आवरण र पुष्पगुच्छा चढाइएको नेकपाका जिल्ला संयोजक कुमारी बराल गौतमले जानकारी दिनुभयो । महान वीर शहीदहरुले देखाउनु भएको मार्ग दर्शनलाई सधैँव नेकपाले आत्मसात गर्दै आएको बरालले बताउनुभयो ।
नेकपाले आयोजना गरेको शहीद पार्कको कार्यक्रममा नेकपाका जिल्ला इञ्चार्ज भीउमान घर्तीमगर, केन्द्रीय सदस्य सुबोधराज शेर्पाली, जिल्ला संयोजक कुमारी बराल गौतम, केन्द्रीय टोपबहादुर ओली, नेकपाका समानुपातिक उम्मेदवार एवम् पार्टीका प्रदेश सदस्य उपेन्द्रलाल कामी, प्रदेश सदस्य बासुदेव गौतम, जीवन केसी, वाइसिएल जिल्ला अध्यक्ष नामेन्द्र सुनार, अखिल क्रान्तिकारीका जिल्ला सचिव अम्मर खत्री लगायतको उपस्थिति रहेको थियो ।








