बिहीबार, वैशाख १०, २०८३

प्रेस सेन्टरको स्थापना दिवसमा रुकुमपूर्वमा निर्वाचनमा पत्रकारको भूमिकामा अन्तरक्रिया



नेपाली कम्युनिस्ट पार्टीको भातृ संगठन प्रेस सेन्टर नेपाल रुकुमपूर्वले सेन्टरको २२ औँ स्थापना दिवस मनाएको छ । हरेक वर्ष माघ १५ गतेका दिन प्रेस सेन्टर नेपालले स्थापना दिवस मनाउँदै आएको छ । जस अनुसार आज बिहीबार प्रेस सेन्टर नेपाल रुकुमपूर्वले सिस्ने गाउँपालिका–५ बिएलबी होटेल रुकुमकोटमा निर्वाचन सफल बनाउन पत्रकारको भूमिका विषयकमा अन्तरक्रिया कार्यक्रम गरी प्रेस सेन्टरको २२ औँ स्थापना दिवस मनाएको हो ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभामा उम्मेदवार दिनु भएका उम्मेदवारहरु, राजनीतिक दल, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारी लगायतको उपस्थितिमा निर्वाचन सफल बनाउन पत्रकारको भूमिका विषयकमा अन्तरक्रिया कार्यक्रम गरिएको प्रेस सेन्टर नेपाल रुकुमपूर्वले बताएको छ ।

कार्यक्रममा उम्मेदवार, राजनीतिक दलका नेता, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीले पत्रकारले निर्वाचनमा मात्र नभएर हरेक दिन जनतालाई सूचना दिने र नकरात्मक गतिविधिलाई खबरदारी गर्दै आएको बताउनुभएको छ । निर्वाचनलाई थप मर्यादित, सन्तुलित एवम् निर्वाचन शिक्षा सम्बन्धी नागरिकलाई जानकार गर्नेमा पत्रकारको मुख्य भूमिका नै रहने गरेको उहाँहरुको भनाइ रहेको थियो ।
सेन्टरको २२ औँ स्थापना दिवसको अवसरमा यस वर्ष सेन्टर रुकुमपूर्वले हालको समसामयिकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा अतिथिले खुसी व्यक्त गर्नु भएको । सेन्टरले पत्रकारिता क्षेत्रमा ठूलो योगदान दिइदै आएको उहाँहरुले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्ज तेजबहादुर ओली, जिल्ला समन्वय प्रमुम मेघबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सीता परियार, जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा यसैगरी नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति भीमबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक कुमारी बराल गौतम, नेकपा एमालेका जिल्ला कार्यालय सचिव हरिहर पौडेल, नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार सुनिता बुढामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुन, नेशलन रिपब्लिक नेपालका उम्मेदवार धर्मकुमार बुढा, मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढामगर, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सर्जना कार्कीले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

प्रेस सेन्टर नेपाल रुकुमपूर्वका अध्यक्ष जयमान बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्ज तेजबहादुर ओलीको रहेको थियो । भने विशेष अतिथिमा जिल्ला समन्वय प्रमुख मेघबहादुर श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सीता परियारको रहेको थियो ।

अन्य अतिथिमा जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति भीमबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक कुमारी बराल गौतम, नेकपा एमालेका जिल्ला कार्यालय सचिव हरिहर पौडेल, नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार सुनिता बुढामगर, नेकपाका प्रदेश सदस्य लालबहादुर विष्ट, जीवन केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुन, नेशलन रिपब्लिक नेपालका उम्मेदवार धर्मकुमार बुढा, मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष वशन्त बाँठामगर, वाइसिएल नेपालका जिल्ला अध्यक्ष नामेन्द्र सुनार, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सर्जना कार्की, अखिल क्रान्तिकारीका जिल्ला सचिव अम्मर खत्री लगायत जिल्ला जिल्ला स्थित पत्रकारहरु लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको स्वागत मन्तव्य प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष निमा पुनले राख्नु भएकोमा कार्यक्रमको सञ्चालन प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष शिखर विश्वकर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८२ , बिहीबार
प्रतिक्रिया