नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँ समितिको बैठक बसेको छ । आज मङ्गलबार पुथाउत्तरगङ्गा-१० तकमा नेपाली कम्युनिस्ट पार्टी पुथाउत्तरगङ्गा गाउँ समितिको बैठक बसेको हो ।
आगामी फागुन २१ हुन गइरहेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई अत्यधिक मतले विजय गराउनु पर्ने मुख्य सचिव गणेशमान पुनले बताउनुभयो । विगत देखि नै यस पार्टीले जित्दै आएको पुनले बताउनुभयो । गणतन्त्र व्यवस्था यहि पार्टीले ल्याएको र अहिले सम्मको विकास पनि नेकपा पार्टीले नै गरेको पुनले बताउनुभयो । प्रचण्डलाई जिताएर यस जिल्लाको मात्र नभएर सिङ्गो देशलाई नै तिव्र विकास र देशलाई सामाजिक न्याय सहित सुशासनको काम गर्ने नै नेकपा रहेको पुनले बताउनुभयो । जनताले माग गरेका योजना अनुसार विकास गरिने पुनले बताउनुभयो । अन्य पार्टी भनेका कुनै पनि सिद्धान्त, लक्ष्य नभएका जनतालाई भ्रम फैलाउने मात्र राजनीतिक गरिराखेकाले यसमा सबै सचेत हुनु पर्ने पुनले बताउनुभयो ।
यसैगरी समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी र सुनिता बुढामगरले नेकपालाई अत्यधिक मत दिनु नै पर्ने बताउनुभयो । किनभने हाल सम्मको आमूल परिवर्तन नेकपाले नै गरेकोले त्यो आमूल परिवर्तनको थप विकास गर्ने योजना पनि नेकपाको मात्र रहेको समानुपातिक उम्मेदवार द्वयले बताउनुभयो ।
वडामा केन्द्रीय सदस्य नेताहरूको नेतृत्वमा चुनाव परिचाल समिति गठन गरिएको पार्टीका पालिका संयोजक संगम रोकामगरले बताउनुभयो । प्रदेश, जिल्ला र पालिका सदस्यहरूको आआफ्नो वडामै कार्यक्षेत्र पारिएको रोकामगरले जानकारी दिनुभयो । जनताको हक, हितमा काम गर्ने पार्टी नेकपा मात्र रहेकोले नेकपालाई अत्यधिक मत दिन पालिकावासीलाई संयोजक रोकामगरले अपिल गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टी पुथाउत्तरगङ्गा गाउँ समितिका संयोजक संगम रोकामगरको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय मुख्य सचिव गणेशमान पुनको रहेको थियो । विशेष अतिथिमा केन्द्रीय सदस्य तेजबहादुर ओली, दलजित शेर्पालीको रहेको थियो । अन्य अतिथिमा केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठ, जितमान पुन, भीउमान घर्ती मगर, सुबोधराज शेर्पाली, केशव रावल, समानुपातिक उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य सुनिता बुढामगर, समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी यसैगरी केन्द्रीय सदस्य टोपबहादुर ओली, पुनिराज घर्तीमगर, जिताराम कामी लगायत पार्टीका प्रदेश सदस्यहरूको आतिथ्यता रहेकोमा कार्यक्रम सञ्चालन पार्टीका पालिका संयोजक टेकप्रसाद समालले गर्नु भएको थियो ।








