नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्व गाउँ केन्द्रीत भएको छ । नेकपाको जिल्ला निर्वाचन परिचालन समितिले अहिले पालिका स्तरीय बैठक बसाल्दै आएको छ । पालिका स्तरीय बैठक पछि वडा स्तरीय हुँदै गाउँ स्तरीय बैठक बस्ने नेकपाले जनाएको छ । बैठकसँगसँगै जतनाका सुझाव संकलन र योजना माग गर्ने नेकपाले बताएको छ ।
आज सोमबार भूमे गाउँपालिका–२ खाबाङ बगर स्थित गाउँपालिकाको सभाहलमा नेकपा भूमे गाउँ समितिको बैठक बसेको हो । जनताको हक, अधिकारको नेतृत्व गर्दै आएको नेपाली कम्युनिस्ट पार्टीले अब गाउँ केन्द्रीत कार्यक्रममा लागेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् पार्टीका मुख्य सचिव गणेशमान पुनले बताउनुभयो । नेताको इच्छा, आकांक्ष अनुसार भन्दा पनि जनताको इच्छा, आकांक्ष अनुसार पार्टी चल्नु पर्ने पुनले बताउनुभयो । त्यस अनुसार नेकपाले गाउँ केन्द्रीत कार्यक्रम तर्फ केन्द्रीत भइरहेको उहाँको भनाइ छ । जिल्लाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका संयोजक पाउनु भनेको यस जिल्लाको समाजवाद मोडेलमा विकास हुने पुनले दाबी गर्नुभयो ।
गाउँ केन्द्रीत कार्यक्रममा नेकपाले जनताको सुझाव संकलन गर्ने मुख्य सचिव पुनले बताउनुभयो । उक्त सुझाव अनुसार जिल्लाको विकास गर्ने बताउनुभयो । जनताबाट आएको योजनालाई नै योजना बैंक बनाएर व्यक्तिबाट नभएर उक्त योजना बैंक मार्फत नै यस जिल्लाका लागि योजना माग गरिने मुख्य सचिव पुनले बताउनुभयो । हालको संघीयता सहितको लोकतान्त्रिक, गणतन्त्रको व्यवस्था प्रचण्डले नेतृत्व गरेको नेकपाले ल्याएको पुनले बताउनुभयो । नेकपाले ल्याएको जनताको व्यवस्थामा अहिले विभिन्न पार्टीहरुको जन्म भएको पुनले बताउनुभयो । कुनै पनि दुबिधामा नपरेर हालको व्यवस्थाको जन्मदाता नेकपालाई नै मत दिनु बाहेक अरुको विकल्प नरहेको मुख्य सचिव पुनले बताउनुभयो ।
नेकपा सिस्ने गाउँ समितिको माघ १० गते बैठक बसी सकेको छ । मंगलबार भोलि पुथाउत्तरगंगा गाउँ समितिको बैठक तकसेरामा बस्दैछ । नेकपाले ३१ वटै वडामा केन्द्रीय सदस्य तथा प्रदेश सदस्यको नेतृत्वमा गाउँ केन्द्रीत कार्यक्रम गर्दै छ ।
आज सोमबार भूमे गाउँ समितिको बैठक पार्टी पालिका इञ्चाज ध्रुवविक्रम ओलीको अध्यक्षतामा बसेको बैठकको प्रमुख आतिथ्यतामा पार्टीका मुख्य सचिव गणेशमान पुनको रहेकोमा विशेष अतिथिमा केन्द्रीय सदस्य तेजबहादुर ओली र दलजित शेर्पालीको रहेको थियो । भने अन्य अतिथिमा केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, भीउमान घर्ती मगर, सुबोधराज शेर्पाली, रामसुर बुढामगर, टोपबहादुर ओली, समानुपातिक उम्मेदवार एवम् केन्द्रीय सदस्य सुनिता बुढामगर, अर्का समानुपातिक सदस्य उपेन्द्रलाल कामी, केन्द्रीय सदस्य जितमान पुन, होमप्रकाश श्रेष्ठ, कुमारी बराल गौतम, केशव रावल लागयतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन गाउँ समितिका अध्यक्ष दिपक पुनले गर्नु भएको थियो ।








