शुक्रबार, वैशाख ४, २०८३

नेपाली काँग्रेसका भरत नेकपामा प्रवेश



नेपाली काँग्रेस रुकुमपूर्वका सक्रिय सदस्य भरत बुढामगर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ । आज बुधबार बुढामगरले नेपाली काँग्रेस परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको हो ।

रुकुमकोटको एक कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले बुढामगरलाई स्वागत गर्नु भएको हो । आम युवाहरुको रोजाइ नेकपा बनिराखेको संयोजक प्रचण्डले बताउनुभयो । जनता र देशको हितका लागि काम गर्ने एक मात्र पार्टी नेकपा रहेकोले आम युवा यस पार्टीमा एकताबद्ध हुनै पर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८२ , बुधबार
प्रतिक्रिया