एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहित १२ जनाको मनोनयन दर्ता भएको छ ।
सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार नेपाली काँग्रेसबाट कुसुमदेवी थापा मगर, नेकपा एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुनले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, मङ्गोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेसलन रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शिरबहादुर बुढा, राप्रपाबाट रोशन शाह, नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगर र अमरसिंह पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएको छ ।
प्रकाशित मिति : ६ माघ २०८२ , मंगलबार









