पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रुकुमपूर्वमा आउनु भएको छ । सोमबार जिल्ला सदरमुकाम रुकुमकोटमा पूर्व प्रधानमन्त्री प्रचण्ड आउनु भएको हो ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व प्रधानमन्त्री प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवार दिनु हुने भएको छ । रुकुमपूर्वबाट उम्मेदवार दर्ताका लागि प्रचण्ड सोमबार रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउनु भएको हो ।
गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री र देशकै एक नेतृत्व रुकुमपूर्वले पाउनु भनेको गौरवको कुरा रहेको निवर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपाका नेता पूर्णबहादुर घर्तीमगरले बताउनुभयो । रुकुमपूर्व नयाँ जिल्ला भएकोले यहाँको विकास तिव्रगतिमा गर्नका लागि प्रचण्डको आवश्यक रहेकोले प्रचण्डलाई यस जिल्लाबाट उम्मेदवार बनाइएको नेता घर्तीमगरले जानकारी दिनुभयो ।
जनयुद्धको थालनी र शान्ति स्थापनाको एजेन्डा यही जिल्लाबाटै तय भएको उहाँले बताउनुभयो । यस जिल्लावासीका मुख्य त्याग, तपस्या र बलिदानले व्यवस्था परिवर्तन भएकोले अब फेरि यही जिल्लाकै जनप्रतिनिधि भएर थप काम गर्ने प्रचण्डले बताउनुभयो । रुकुमपूर्वबाट प्रचण्ड निर्वाचित भइसकेपछि जिल्लाको विकास तिव्रगतिमा हुने भन्दै जिल्लावासीले खुसी व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य कुसुमदेवी थापा, एमालेबाट केन्द्रीय सदस्य लिलामणि गौतम, रास्वपाबाट जिल्ला संयोजक लखन थापा उम्मेदवार दिँदै हुनुहुन्छ । भने लगायत अन्य दलबाट पनि उम्मेदवार दिँदै हुनुहुन्छ ।









