शुक्रबार, वैशाख ४, २०८३

नेकपा रुकुमपूर्वको एकता सभा रुकुमकोटमा मङ्सिर २५ गते



नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वले सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा यही मङ्सिर २५ गते जिल्ला स्तरीय एकता सन्देश सभा गर्ने भएको छ । बिहीबार रुकुमकोटमा बसेको नेकपाको पहिलो जिल्ला एकता बैठकले रुकुमकोटमा यही मङ्सिर २५ गते जिल्ला स्तरीय एकता सन्देश सभा गर्ने निर्णय गरेको हो ।

नेकपाको पहिलो एकता जिल्ला बैठकले विभिन्न निर्णय गरेको नेकपाका नेतृ कुमारी बराल गौतमले जानकारी दिनुभुयो । पालिका स्तरीय एकता सन्देश सभाको मिति तोक्न बाँकी रहेको नेतृ बरालले बताउनुभयो । यसैगरी बैठकले जिल्ला एकता सभालाई सफल बनाउन विभिन्न विभाग गठन गरिएको उहाँले बताउनुभयो ।

सभामा जनसहभागीता लगायत व्यवस्थापनका लागि पुथाउत्तरगंगा गाउँपालिकामा भीउमान घर्तीमगर, निर्माण बुढा (रवि), भूमे गाउँपालिकामा जितमान पुनमगर (मार्सल), होमप्रकाश श्रेष्ठ (हिमाल) र सिस्ने गाउँपालिकामा सुबोधराज शेर्पालीलाई जिम्मेवारी तोकिएको छ । वडावडामा पनि साविकका केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, पालिका र वडाका नेताकार्यकर्तालाई समेत जिम्मेवारी तोकिएको नेकपाले जनाएको छ । सभाको प्रमुख वक्ता ल्याउनका लागि छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२ , शुक्रबार
प्रतिक्रिया