रुकुमपूर्वमा पनि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । आज देशैभरी मंगलबार देखि १६ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाइने लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष २५ नोभेम्बर देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ ।
उक्त अभियानको सुरु गरिएको हो । जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्य र सहयोगमा महिला मावन अधिकार रक्षक सञ्जाल रुकुमपूर्वको आयोजनामा अभियान सञ्चालन गरिएको छ ।
“प्रविधिको सही प्रयोग गरौँ, लैगिंक हिंसा अन्त्य गरौँ” भन्ने मुल नारा सहित अभियानको उद्घाटन गरिएको छ । अभियानको उद्घाटन हुनु पूर्व रुकुमकोट बजार परिक्रमा गरी छिप्रिदहमा कोण सभा गरिएको थियो । १६ दिनको अवधिमा विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले बताएको छ । अभियानको उद्घाटन समारोहलाई जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी लगायतले सम्बोधन गर्नु भएको थियो ।








