नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको रेड कार्यान्वयन केन्द्रले रुकुमपूर्व सिस्ने गाउँपालिका–६ रुकुमकोटमा पालिका स्तरीय जुनिस्डिक्शनल रेडप्लस (उत्सर्जन न्यूनिकरण) कार्यक्रम सम्बन्धी एक दिने सचेतना तथा अन्तरक्रिया गरेको छ । आज सोमबार रुकुमकोटमा गाउँपालिका स्तरीय जुनिस्डिक्शनल रेडप्लस (उत्सर्जन न्यूनिकरण) कार्यक्रम सम्बन्धी एक दिने सचेतना तथा अन्तरक्रिया गरिएको हो ।
यो कार्यक्रमले वन विनाशबाट हुने उत्सर्जन न्यूनीकरण, वन क्षयीकरणका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन कार्बन सञ्चिति संरक्षण, वनको दिगो व्यवस्थापन र वन कार्बन सञ्चिति अभिवृद्धि गर्ने, मौसम तथा जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वका उपाध्यक्ष वशन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको सचेतना कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको रहेको थियो । विशेष अतिथिमा सिस्ने गाउँँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउलेको रहेको थियो । भने जिल्ला स्थित सरोकारवाला सरकारी कार्यालयका प्रमुख तथा गैरसरकारी एवम् जिल्ला स्थित सम्बन्धीत समितिहरुका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।








