शनिबार, वैशाख ५, २०८३

रुकुमपूर्वका स्वास्थ्यकर्मीलाई ३ दिने तालिम समापन



रुकुमपूर्व सिस्ने गाउँपालिका–६ छिप्रिदह रुकुमकोटमा जिल्ला स्थित स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि ३ दिने तालिम सकिएको छ । मंगलबार देखि सुरु भएको तालिम बिहीबार सकिएको हो ।

नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजनाको आर्थिक सहयोगमा र स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
तालिममा जिल्ला स्थित स्वास्थ्य संस्थामा कार्यरत २३ जनाको सहभागी रहेको थियो । तालिममा जिल्ला स्वास्थ्य सूचना प्रणाली (डीएचआइएस) सम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको सम्बोधन परियोजनाका कार्यक्रम संयोजक राजेश रानामगरले बताउनुभयो ।

नागरिकको औषधि उपचारका लागि सरकार र विभिन्न निकायले स्वास्थ्य क्षेत्र र स्वास्थकर्मीका लागि लगानी गरिराखिएको कार्यक्रमका प्रमुख अतिथि एवम् सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । यद्यपि सरकारले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीलाई अझै पनि आवश्यकता अनुसार लगानी गर्न सकिराखेको छैन् तर पनि गरिराखिएको लगानीलाई स्वास्थ्यकर्मीले भरपूर रुपले सदुपयोग गरिराख्नु भएको रेउलेले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि एमव् स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले जिल्लाको स्वास्थ्य रिपोर्ट राम्रो रुपले चिनाउनु पर्ने गरी काम गर्नु पर्ने बताउनुभयो । जिल्लामा अझै पनि घरमै सुत्केरी भइराखेकाले यो संख्यालाई शून्य बनाउने तर्फ लाग्नु पर्ने आचार्यले बताउनुभयो । स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गर्न आउने गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुँदाको फाइदा र घरमा सुत्केरी हुँदा हुने जोखिम र असरका बारेमा धेरै परामर्श दिन स्वास्थ्यकर्मीलाई आचार्यले आग्रह गर्नुभयो । र जिल्लामा धेरै बालविवाह भइरहेकोले यसलाई न्यूनिकरण गर्न जिल्लाका सबै निकायको ध्यान जानु पर्ने उहाँले बताउनुभयो । बालविवाहकै कारणले स्वास्थ्य, शिक्षा, सामाजिक र मानसिकमा दिर्घकालिन असर परिराखेको आचार्यले बताउनुभयो ।

मिक नेपालका उपाध्यक्ष वेदना बुढामगरको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेको रहेकोमा विशेष अतिथिमा स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पशुपति आचार्यको रहेको थियो । भने अन्य अतिथिमा स्वास्थ्य कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरी, भूमे गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्का, पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान विष्ट, मिक नेपालका सचिव जयमान बुढामगर, फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की, सम्बोधन परियोजनाका संयोजक राजेश रानामगरको आतिथ्यता रहेकोमा कार्यक्रमको कार्यक्रम सञ्चालन सम्बोधन परियोजनाका प्राविधिक अधिकृत मदन शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : २७ कात्तिक २०८२ , बिहीबार
प्रतिक्रिया