शनिबार, वैशाख ५, २०८३

रुकुमपूर्वका स्वास्थ्यकर्मीलाई ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु



रुकुमपूर्व सिस्ने गाउँपालिका–६ छिप्रिदह रुकुमकोटमा जिल्ला स्थित स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । आज मंगलबार देखि बिहीबार सम्म जिल्ला स्थित स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम सञ्चालन हुने भएको हो ।

नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजनाको आर्थिक सहयोगमा र स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा तालिम सञ्चालन गरिएको छ ।
तालिममा जिल्ला स्थित स्वास्थ्य संस्थामा कार्यरत २३ जनाको सहभागी रहेको छ । तालिममा जिल्ला स्वास्थ्य सूचना प्रणाली (डीएचआइएस) सम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको सम्बोधन परियोजनाका कार्यक्रम संयोजक राजेश रानामगरले बताउनुभयो ।

जिल्ला स्थित स्वास्थ्यकर्मीको क्षमता वृद्धिविकास गर्नेमा यस तालिमले मद्दत गर्ने कार्यक्रमका प्रमुख अतिथि एवम् सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । अध्यक्ष रेग्मीले भन्नुभयो, “स्वास्थ्यकर्मीहरूको सेवा भावनाले नै गाउँपालिकाको स्वास्थ्य सूचक सुधार गर्न सक्दछ । तालिमले सीप र ज्ञान दुवैमा वृद्धि गर्छ, जसको प्रत्यक्ष फाइदा जनतालाई पुग्छ ।”

नियमित तालिम र सीप अभिवृद्धि नगरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सम्भव नभएकोले तालिमको आवश्यक रहेको स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले बताउनुभयो । उहाँका अनुसार, तालिम मार्फत स्वास्थ्यकर्मीहरूले नयाँ सीप सिक्न, रोग पहिचान र उपचारमा दक्षता बढाउन सक्नु हुनेछ । प्रमुखले सहभागीहरूलाई सिकेका ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

मिक नेपालका उपाध्यक्ष वेदना बुढामगरको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको रहेकोमा विशेष अतिथिमा स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पशुपति आचार्यको रहेको थियो । सिस्ने गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादव, भूमे गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्का, पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान विष्ट, फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की, सम्बोधन परियोजनाका संयोजक राजेश रानामगरको आतिथ्यता रहेकोमा कार्यक्रमको स्वागत मन्तव्य मिक नेपालका सचिव जयमान बुढामगरले राख्नु भएकोमा कार्यक्रम सञ्चालन सम्बोधन परियोजनाका प्राविधिक अधिकृत मदन शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ कात्तिक २०८२ , मंगलबार
प्रतिक्रिया