रुकुमपूर्व भूमे गाउँपालिका–७ र ८ मा एकीकृत सेवा प्रवाह घुम्ती शिविरबाट ८७ जनाले सेवा लिनु भएको छ । भूमे–७ धर्मशालामा कात्तिक २३ गते र भूमे–८ पोखरापाटामा कात्तिक २४ गते उक्त शिविर सञ्चालन गरिएको थियो ।
नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्वको आर्थिक सहयोगमा भूमे गाउँपालिकाको आयोजनामा दुई दिने घुम्ती शिविर सञ्चालन गरिएको हो ।
धर्मशालाबाट ४५ जना र पोखरापाटाबाट ४२ गरी दुई दिन सञ्चालन गरिएको घुम्ती शिविरबाट ८७ जनाले सेवा लिनु भएको भूमे गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले जानकारी दिनुभयो । महिला रोग विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि उपचार, गर्भवती महिलाको भिडियो एक्सरे, महिलाको पाठेघर क्यान्सरको परीक्षण र गाउँपालिकाबाट प्रवाह गरिने सबै प्रकारका प्रशासनिक र प्राविधिक सेवाहरु प्रवाह गरिएको खड्काले बताउनुभयो । शिविरमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच गर्दा कुनै व्यक्तिमा पनि जटिल प्रकृतिको रोग फेला नपरेको गाउँपालिकाले जनाएको छ ।









