शनिबार, वैशाख ५, २०८३

एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य निर्माण नेकपामा प्रवेश



नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य निर्माण बुढा (रवि) नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ । आज मंगलबार बिहान नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपामा स्वागत गर्नु भएको हो ।

यस अघि माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपालाई अदालतले मान्यता नदिदा पूर्व माओवादी केन्द्रका बुढाले एमाले रोज्नु भएको थियो । बुढाको पार्टी प्रवेश कार्यक्रममा नेकपाका संयोजक प्रचण्ड सहित नेताहरू पूर्णबहादुर घर्ती, होमप्रकाश श्रेष्ठ, जितमान पुन (मार्शल), केशव रावल र पुनिराज घर्ती लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ कात्तिक २०८२ , मंगलबार
प्रतिक्रिया