बिहीबार, वैशाख ३, २०८३

सिस्नेमा निःशुल्क लोकसेवा कक्षा सुरु



रुकुमपूर्व सिस्ने गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको छ । आज आइतबार सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा निःशुल्क लोकसेवा आयोगको तयारी कक्षाको उद्घाटन गरिएको हो ।
आर्थिक वर्ष २०८०/८१ बाट सिस्ने गाउँपालिकाले आयोगको तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

रोजगारीका लागि विदेश पलायन भइराखेका युवालाई रोक्न निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै आएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । युवालाई रोजगारी प्रदान गर्ने र गाउँपालिका भित्रबाटै जनशक्ति उत्पादन गर्ने उद्देश्यले लोकसेवा तयारीको कक्षा सञ्चालन गरिएको रेग्मीले बताउनुभयो । तन, मन र इमानदारीका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई अध्यक्ष रेग्मीले सुझाव दिनुभयो । रुकुमपूर्व जिल्लाबाटै नै लोकसेवामा सहभागी र सफल हुनेको संख्या न्यून रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष रेग्मीले सरकारी जागिरमा धेरैलाई प्रवेश गराउनका लागि कक्षा सञ्चालन गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २३ कात्तिक २०८२ , आइतबार
प्रतिक्रिया