रुकुमपूर्व अस्पताल रुकुमकोटमा मुख तथा दाँत रोग उपचार गर्नेको सङ्ख्या बढ्दो रहेको छ । गएको साउन महिना देखि रुकुमपूर्व अस्पतालमा पहिलो पटक मुख तथा दाँत रोग डाक्टर पाएको हो । हाल अस्पतालमा मुख तथा दाँत रोग उपचार गर्नेको सङ्ख्या बढ्दो छ ।
मुख तथा दाँत रोग डाक्टर त्रिपुरारी शुक्ला आउनु भन्दा अघि मुख तथा दाँतका बिरामी निजी क्लिनिकमा जाने गर्नु भएको थियो । दाँत फाल्न, भर्न लगायत मुख तथा दाँत सम्बन्धी औषधि उपचार गर्न महँगो खर्च गरेर निजी क्लिनिकमा जानु पर्ने बाध्यता अहिले हटेको छ ।
विगतमा अस्पतालमा दाँत सम्बन्धी डाक्टर नहुँदा सामान्य औषधि उपचार मात्र हुने गरेको थियो । दैनिक १५ देखि २० जना सम्म मुख तथा दाँत बिरामीहरूको औषधि उपचार भइरहेको डाक्टर शुक्लाले बताउनुभयो । डाक्टर शुल्लाले भन्नुभयो, “विगतमा दाँत सम्बन्धी डाक्टर नहुँदा सबै दाँतका बिरामी निजी क्लिनिकमा जानु हुने रहेछ । अहिले ८० प्रतिशत बिरामी अस्पतालमा उपचारका लागि आइराख्नु भएको छ ।”









