रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पाङ्गामा परम्परागत रुपमा लाग्दै आएको बागेधारा मेला शुक्रबार सम्पन्न भएको छ । मेलाको अवसरमा खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।
पुरुष/महिला भलिबल प्रतियिोगितामा रुकुमपूर्व सहित रुकुम पश्चिमका खेलाडीहरू प्रतिस्पर्धा रहेको थियो । पुरुष भलिबल तर्फ २१ र महिला भलिबल तर्फ १० टिमको सहभागी रहेको हो । पुरुष भलिबल प्रतियोगितामा तर्फ सानीभेरी गाउँपालिका–४ रुकुम पश्चिम प्रथम स्थान हासिल गरेको छ । भने दोस्रो सानीभेरी गाउँपालिका–३, तेस्रो सिस्ने गाउँपालिका–६ र सान्त्वना सिस्ने–३ ले स्थान हासिल गरेका छन् ।
प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीलाई क्रमशः नगद १ लाख, नगद ७० हजार, नगद ४० हजार र नगद २० हजार रुपियाँको साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको बागेधारा खेलकुद समितिका अध्यक्ष केशव खत्रीले जानकारी दिनुभयो ।
यस्तै महिला भलिबल तर्फ सिस्ने–४ प्रथम, सिस्ने–८ दोस्रो, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ तेस्रो हुनु भएको छ । स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः नगद २५ हजार, नगद २० हजार र नगद १५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको खत्रीले बताउनुभयो ।
कात्तिक १५ गतेबाट सुरु भएको मेला कात्तिक २१ गते सकिएको हो । मेलामा रुकुमपूर्व र रुकुम पश्चिम गरी ३० संस्कृति समूहले आफ्नो नाच प्रदर्शन गर्नु भएको थियो । मेलामा सिङारू, पैसेरू, मयुर लगायतका नाचगान प्रस्तुत गरिएको हो । मेलाले स्थानीय कला संस्कृतिको जगेर्ना र खेलकुदको बिवकास गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताएको छ ।
बागेधारा खेलकुद समितिका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको मेला तथा खेलकुद समापन कार्यक्रममा सिस्ने–३ का वडाध्यक्ष हेराम खड्का, कार्यक्रममा मेला व्यवस्थापक समिति अध्यक्ष डिलबहादुर खड्का, सौंजन्य आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दाराम लामिछाने, विभिन्न् राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीय झाँकी समूह, पत्रकार लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन अम्मर खत्रीले गर्नुभएको थियो ।









