नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजनाको सहयोग र स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा रुकुमपूर्व स्थित मिडियासँग लैगिंक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार सिस्ने गाउँपालिका–५ रुकुमकोटमा जिल्ला स्थित मिडियासँग लैगिंक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्कीले लैगिंक समानता र सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्थाबारे प्रस्तुतिकरण राख्नु भएको थियो । कुनै पनि लैगिंक, जातिय, क्षेत्र र सामाजिक रुपले भेदभाव गर्नु नहुने र यदि भेदभाव गरेको पाएमा उक्त व्यक्तिलाई कानुनी सजाय के कति हुन्छ भन्नेबारे कार्कीले प्रस्तुतिकरण राख्नु भएको थियो । सभ्य नागरिक समाज निर्माण गर्नमा आम नागरिक एक भएर लाग्नु पर्ने कार्कीको भनाइ रहेको छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले लैगिंक समानता र सामाजिक समावेशीकरणका लागि सचेतना कार्यक्रम गाउँगाउँमा समेत निरन्तर लैजानु पर्ने बताउनुभयो । नागरिक जागरण अभियानमा सरकारलाई संघसंस्थाले साथ, सहयोग गर्दै आइरहनु भएको केसीले बताउनुभयो ।
मिक नेपालका सचिव जयमान बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको रहेको थियो । विशेष अतिथिमा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख निमप्रसाद गिरीको रहेकोमा अन्य अतिथिमा नेपाल पत्रकार महासंघका अध्यक्ष वशन्त बाँठामगर, फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की लगायत जिल्ला स्थित मिडियाका पत्रकारहरुको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगरले गर्नु भएको थियो ।









