नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजना मार्फत रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।
आज बुधबार सिस्ने गाउँपालिकाको सभाहलमा मिक नेपालका सचिव जयमान बुढामगरले संस्थाको तर्फबाट सिस्ने गाउँपालिकालाई गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीलाई दुई वटा स्टेचर, प्राथमिक उपचारका लागि औषधि रहेको एक वटा फसएड बक्स र वर्थिङ सेन्टरका लागि गर्भवतीको स्वास्थ्य चेकजाँच गर्दा विवरण राख्ने ब्यानर हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा सिस्ने–५ का वडाध्यक्ष विरेन्द्र बस्नेत, वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर मल्ल,सिस्ने गाउँपालिकाका सामाजिक विकास समितिका अध्यक्ष तिर्था पुनमगर, स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त प्रमुख निमप्रसाद गिरी, स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादव, फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की, सम्बोधन परियोजनाका संयोजक राजेश रानामगर लगायतको पनि उपस्थिति रहेको थियो ।








